१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सेतोपाटीमाथि कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं. ३ को निर्वाचन परिणामबारे पूर्वानुमानात्मक समाचार प्रकाशन गरेको विषयमा अनलाइन सञ्चारमाध्यम ‘सेतोपाटी’माथि आवश्यक कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको छ।

आयोगले २०८२ माघ ४ गते प्रेस काउन्सिल नेपाललाई पठाएको पत्रमा सेतोपाटी अनलाइनले चितवन–३ मा रेनु दाहाल पराजित हुने र सोविता गौतम विजयी बन्ने आशयको समाचार प्रकाशन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। आयोगका अनुसार यस्तो सामग्री निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) तथा दफा २५ को उपदफा (१) को खण्ड (ख) विपरीत देखिएको छ।

आचारसंहितामा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामसम्बन्धी मत सर्वेक्षण गर्न, त्यस्तो सर्वेक्षणको नतिजा घोषणा वा प्रकाशन गर्न तथा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन–प्रसारण गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ।

आयोगले सेतोपाटीबाट प्रकाशित सामग्री मतदातालाई प्रभावित पार्ने प्रकृतिको रहेको ठहर गर्दै आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई अनुरोध गरेको जनाएको छ। उक्त पत्रमा आयोगका कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षर गरेका छन्।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनका लागि सञ्चारमाध्यमलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न पुनः सचेत गराएको छ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : ५१ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको