५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला



नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । अब्बल राजनीतिक संस्कारमा हुर्किएका शुधान्सु मृदुभाषी, सरल र सहज पनि छन् । कठोर, संघर्षपूर्ण र नेतृत्वदायी राजनीतिक विरासत बोकेको गौरबशाली कोइराला परिवारका सदस्य शुधान्सु २०३८ सालमा नेपालगञ्जमा जन्मिए । नेपालगञ्जमै हुर्के बढेका कोइराला त्यस्ता भाग्यमानी पात्र हुन्, जसले सहोदर ठूलो(बुवा, बुवा र आमाबाट राजनीतिकरुपले दिक्षित हुने अवसर पाए । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सानिध्यतामा राजनीतिक संस्कार सिकेका शुधान्सु आँखामा सपना र मनमा अठोट बोकेर हिँडेका जोशिला युवा हुन् ।

बुवा स्वर्गीय डा। अरुण कोइराला र आमा किरण कोइरालाका सुपुत्र शुधान्सु, २०७० मा सक्रिय राजनीतिमा होमिए । शुधान्सु त्यस्ता सुपुत्र हुन् जसले आमाबुवा दुबैले बाँके कांग्रेसको नेतृत्व गरेको हेरे, अनुभूत गरे र त्यही पदचापलाई पछ्याउँदै राजनीतिक रुपमा अघि बढे । बैंकका जागिरे कोइराला पारिवारिक राजनीतिक लय समाउँदै ‘पूर्णकालीन राजनीति’ मैदानमा होमिएका हुन् । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि गठन भएको सरकारको नेतृत्व तत्कालीन कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाले सम्हालेपछि उनी सचिवालयमा खटिए । त्यहीँबाट राजनीतिक उडान भरेका कोइराला निरन्तर अघि बढिरहेका छन् । सुरुमा तरुण दलमा आबद्ध कोइरालाको लोकप्रियता १३औं महाधिवेशनमा मापन भयो, जसबाट उनी सर्वाधिक लोकप्रिय मतका साथ जिल्ला कार्यसमितिमा प्रवेश भए । जिल्ला सदस्य भएपछि नेता कार्यकर्तासंगको सम्बन्ध र सम्पर्कलाई मूल मन्त्र बनाएर अघि बढेका कोइराला १४औं महाधिवेशनमा सचिव निर्वाचित भए । त्यसपछि उनको राजनीतिक एवम् सांगठनिक गति अझ तेज बनेर गयो ।

तरुण दलको पार्षद बनेर अघि बढेका शुधान्सु अब नेपालगञ्ज र डुडुवाको स्वर्णीम भविष्य कोर्न जनप्रतिनिधि बन्ने हुटहुटीका साथ प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेको बताउँछन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ अनुहारका रुमपा उनी आएका छन् ।

नेपाली कांग्रेस विशेष महाधिवेशनपछि नयाँ नेतृत्वसहित सुधारिएर आएपछि आफु जस्ता थुप्रै युवा नेताहरुले पनि अवसर पाएको उनको दाबी छ । अग्रजलाई सम्मान र अनुजलाई प्रेमभाव प्रकट गर्न सिपालु कोइराला नेपालगञ्ज क्षेत्रका सम्भावना बोकेका जुझारु नेता भएको प्रस युनियन बाँकेका पूर्व अध्यक्ष नरेन्द्र थापा बताउँछन् । बेदाग कोइराला संस्कारी त छन् नै, आत्मविश्वासी पनि रहेको उनको भनाइ छ ।

समाजशास्त्रमा स्नातकोत्तर कोइराला संसदीय राजनीतिको अनुभव बटुल्दै जनसेवाको दायरालाई फराकिलो बनाउन जनतामाझ छन् । वीपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेका अध्यक्ष समेत रहेका कोइराला नेपालगञ्ज र डुडुवाको विकास र समृद्धिमा आफ्नो राजनीतिक भविष्य देख्छन् ।

‘मलाई विश्वास छ, मतदाताले मलाई रोज्नुहुन्छ, मलाई रोज्दा उहाँहरुलाई पछुतो हुनेछैन, जनताको विश्वास र भरोसा टुट्न दिनेछैन ।’ कोइराला भन्छन् । उन्नत लोकतन्त्र र संविधानका लागि साढे सात दशकदेखि निरन्तर लड्दै आएको ऐतिहासिक र जिम्मेवार पार्टीको एक सदस्य हुन पाउँदा आफू गौरबान्वित भएको उनी बताउँछन् । स्वर्गीय सुशील कोइरालाको निष्ठा र इमानयुक्त राजनीतिक पुँजीले सिञ्चित परिवारको सदस्य हुनुमा पनि उनी गौरब गर्छन् । शुधान्सु भन्छन्, ‘सुशील बुवाको निर्वाचन क्षेत्रमा चुनाव लडेर जनताको सेवक बन्ने अवसर पाएको छु, आम मतदातालाई किञ्चित निराश बनाउँदैन ।’ सामाजिक र सांस्कृतिक क्रियाकलापहरुमा सहजै सरिक हुने कोइराला क्षेत्र नम्बर २ बासीका लागि नयाँ नाम नभएको कांग्रेस बाँकेका मिडिया संयोजक पत्रकार निरज गौतमले बताए।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : ०७ बजे

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री

देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली

रुपन्देहीमा उन्नत गहुँ खेतीसम्बन्धी एकहप्ते तालिम, नयाँ जात र प्रविधिमा किसानलाई प्रशिक्षण

रुपन्देही । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत उन्नत गहुँ खेती

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक