२२ भदौ २०८३, सोमबार | September 7, 2026

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री



देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले आफ्नो क्षेत्रलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताएका छन ।

रुपन्देही एकका विभिन्न पालिकामा रहेका मतदाता तथा कृषकहरुसँग छलफल, संवाद तथा घरदैलो गर्दै उम्मेद्वार खत्रीले कृषिको प्रचुर सम्भावना रहेको क्षेत्रनम्बर एकलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्नु आफ्नो प्राथमिकता रहेको बताए । उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले परम्परागत पशुपालन पेशा अंगालेका किसानहरुको प्रोत्साहनकालागि अनुदान कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । उनले दुग्ध उत्पादन किसानलाई टिकाई राख्नकालागि नश्ल सुधार, बजारीकरण र घाँसमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने उल्लेख गरे । कृषिका अन्य विषयसँगै दुघ उत्पादक किसानका मुद्धालाई पनि सँगसँगै लिएर हिडेको उनले बताए ।

उनले उत्पादन गरिएका डेरी प्रोडक्टलाई छिमेकी मुलुकमा निर्यात गर्ने र प्रतिस्प्रर्धा गर्ने वातावरणको सृजना गर्ने कार्यमा राज्यले गम्भिर भएर लाग्नु पर्ने र यसमा आफ्नो भुमिका महत्वपुर्ण हुने बताए । उनले किसानलाई प्रोत्साहन गर्नकालागि घाँसमा आधारित पशुपालन र उन्नत नश्लका पशुका माध्यमले दुधको लागत मुल्य घटाउन सकिने बताउँदै किसानलाई घाटा नहुने गरि निर्यातलाई प्रोत्साहन गर्नु पर्ने बिचार राखे ।

उनले किसानलाई आत्मनिर्भर बनाउन र उनीहरुको उत्पादनलाई बजारिकरण गर्ने योजनाका साथमा आफुले काम गर्ने विश्वास ब्यक्त गरे । उनले पशुपालक किसानलाई न्याय गर्नकालागि राज्यले किसानलाई अनुदानका कार्यक्रमलाई बढाउन आवश्यक रहेको बताए । पछिल्लो समय भारतबाट आउने दुध र ध्युलाई रोक्दा किसानलाई फाइदा पुगेकाले किसानलाई प्रोत्साहन गर्नकालागि आवश्यक नीति निर्माणकालागि आफुले किसानकोतर्फबाट आवाज उठाउने प्रतिवद्धता दिए ।

किसानले पाउने अनुदान सहज रुपमा पाउने नीति र कार्यक्रमकालागि केन्द्रित रहने उल्लेख गर्दै उनले भाषणमा होइन ब्यवहारमा किसानका मुद्धा उठाउने बताए । रुपन्देही क्षेत्रनम्बर-१ को देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका वडानम्बर-१५ र १६, रोहिणी गाँउपालिका वडानम्बर-१,३ र ५ र ओमसतिया गाँउपालिकाको वडानम्बर ७ र १२ का मतदाता तथा किसानलाई भेट्दै खत्रीले किसानकै मुद्धालाई प्राथमिकता राखेर अगाडी बढ्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ६ : ३१ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा