६ श्रावण २०८३, बुधबार | July 22, 2026

आईसीसी टी-२० : क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित



काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अफगानिस्तानले क्यानडामाथि सानदार जित हात पारेको छ । भारतको चेन्नईस्थित एम. ए. चिदम्बरम रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले क्यानडालाई ८३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

२०१ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो । क्यानडाका लागि हर्ष ठाकर र साद बिन जफरले समान ३०-३० रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै युवराज समराले १७ तथा दिलप्रीत बाजवाले १३ रनको योगदान दिएका थिए ।

अफगानिस्तानको जितमा अनुभवी अलराउन्डर मोहम्मद नाबीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै चार विकेट लिए । उनले चार ओभरमा मात्र ७ रन खर्चेर क्यानडाको ब्याटिङ लाइन ध्वस्त पारे । त्यस्तै राशिद खानले दुई विकेट लिए भने मुजीब उर रहमान र अजमातुल्लाह उमरजाईले समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०० रनको बलियो योगफल तयार पारेको थियो । अफगानिस्तानका ओपनर इब्राहिम जदरानले विस्फोटक प्रदर्शन गर्दै ५६ बलमा अविजित ९५ रन बनाए । उनले आफ्नो इनिङ्समा ७ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याए । साथै सेदिकुल्लाह अतलले ४४ तथा रहमानुल्लाह गुरबाजले ३० रनको योगदान दिएका थिए ।

क्यानडाका बलर जसकरण सिंहले तीन विकेट लिए पनि उनले चार ओभरमा ५२ रन खर्चिएका थिए । त्यस्तै डिलन हेलिगरले एक विकेट हात पारे ।

यस जितसँगै अफगानिस्तानले समूह ‘डी’मा आफ्नो स्थिति मजबुत बनाएको छ भने क्यानडा प्रतियोगितामा दबाबमा परेको छ । अफगानिस्तानको बलियो ब्याटिङ र अनुशासित बलिङका कारण टोलीलाई उपाधि दाबेदारका रूपमा हेरिन थालिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : ३४ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय