२६ असार २०८३, शुक्रबार | July 11, 2026

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको झण्डा जलाउने घटनामा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि तत्काल कारबाही नगरे सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

फोर्सले शुक्रबार विज्ञप्ति जारी गर्दै दाङमा रास्वपाद्वारा आयोजित कार्यक्रममा एमालेको झण्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा राज्यले उक्त घटनालाई नजरअन्दाज गरे र अपराधिक मानसिकता बोकेका व्यक्तिहरूलाई कारबाहीको दायरामा नल्याए संगठन अराजक गतिविधिविरुद्ध सशक्त रूपमा उभिने उल्लेख गरिएको छ ।

संगठनले राष्ट्रिय स्वाभिमान, विधिको शासन र राजनीतिक मर्यादाको संरक्षण आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । साथै लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कारमाथि आघात पुग्ने खालका गतिविधि सह्य नहुने स्पष्ट पारेको छ ।

गत बिहीबार साँझ दाङमा आयोजित चुनावी कार्यक्रमका क्रममा रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेको स्वागतको तयारीका क्रममा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएका थिए । सो क्रममा कार्यकर्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

यस घटनाले राजनीतिक वृत्तमा व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले पनि उक्त घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन् । विभिन्न राजनीतिक तथा सामाजिक वृत्तबाट समेत घटनाको निन्दा गर्दै राजनीतिक असहिष्णुता र अराजक गतिविधि नियन्त्रण गर्न राज्यसँग माग गरिएको छ ।

फोर्सले यस्ता घटनाले लोकतान्त्रिक अभ्यास, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भन्दै राज्यलाई तत्काल अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १२ : ३५ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा