१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सालको अबैध काठ सहित एकजना काठ मिल संचालक कन्चनपुर प्रहरीको नियन्त्रणमा



महेन्द्रनगर । कन्चनपुर प्रहरीले ठूलो परिमाणमा सालको अबैध काठ बरामद गरेको छ ।

प्रदेश प्रहरीको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कन्चनपुरको संयुक्त टोलीले कञ्चनपुर लालझाडी गाउपालिका वडा न.४ देखतभुली पर्सियाबाट अबैध काठ बरामद गरेको हो ।

प्रहरीले देखतभुली पर्सियाका प्रदिप रानाले सञ्चालन गरेको आरामिलबाट अबैध रुपमा लुकाई छिपाई राखेको अबस्थामा सालको कडी, ढोकाको चौखुट,झ्याल,ढोका,गोलिया,भ्यान्टीलेशन समेत गरी जम्मा २३५ थान, अन्दाजी ६० क्युफिट अबैध काठ बरामद गरेको कन्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको काठ र काठ सहित पक्राउ परेका रानालाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय कञ्चनपुर बुझाएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता नायव प्रहरी उपरिक्षक अमरबहादुर थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले