११ भदौ २०८३, बिहिबार | August 27, 2026

बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवस : बुटवलका तीनवटा विद्यालयमा छात्रवृत्ति अक्षकोष स्थापना गरिँदै



बुटवल । भोली फागुन १० गते बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३ औं स्थापना दिवस मनाईँदै छ । निजी क्षेत्रमा यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो । त्यसयता संघले उद्योगी व्यवसायीहरुको हकहित तथा व्यवसायिक प्रवद्र्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासमा लगानीसहितको योगदान गर्दै आएको बुटवल उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा भोली आईतबार संघमा औपचारिक कार्यक्रम आयोजना गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

उनकाअनुसार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ सहित नीजि तथा सरकारी सेवाका प्रतिनीहरुको सहभागिता रहने छ ।

संघले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष १ जना पूर्वअध्यक्षलाई सम्मान गर्दै आएको छ । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरुको तर्फबाट निर्मलप्रसाद लाकौललाई सम्मान गर्न लागिएको हो ।

लाकौल २०६१ देखि २०६३ सम्मा संघको अध्यक्ष भएर काम गरेका थिए । पूर्वअध्यक्ष लाकौलले संघको श्रीबृद्धि तथा यस क्षेत्रको औद्योगिक, व्यवसायिक सहित आर्थिक तथा सामाजिक विकासमा पु¥याएको योगदानको उच्च मुल्यांकन सहित सम्मान गर्न लागिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।

सोही कार्यक्रममा संघले बुटवलका तीन वटा सामुदायिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गर्नेछ । अध्यक्ष अर्यालका अनुसार बुटवल उपमहानगरपालिका वडा नं। ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’लाई बृद्धि गरिने छ भने बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालय र वडा नं। ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरिने छ । त्यसैगरी संघको औषधि व्यवसायी बस्तुगत समितिको समन्वयमा मानव सेवा आश्रमलाई औषधी प्रदान गरिने छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : २८ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०