१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला



नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइराला नेपालगन्जमा रहेका बाल्मिकी समुदायसँग मत माग्न पुगेका छन् । बाँकेको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बाल्मिकी समुदायको उल्लेख्य मात्रामा बसोबास रहेको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा पुगेर उम्मेदवार काइरालाले आफुलाई जिताउन आग्रह गरेका हुन् ।

समुदायमा पुगेका कोइरालालाई बाल्मिकी समुदायका अगुवाहरुले बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । भेटघाटका क्रममा नेपाली कांग्रेसका उम्मेदवार कोइरालासँग समुदायका अगुवाहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सो क्रममा बाल्मिकी समुदायका अगुवा जगदिश बाल्मिकीले नेपाली कांग्रेसले सक्षम र भरोसा योग्य उम्मेदवारको रुपमा कोइरालालाई उठाएकाले समुदायस्तरबाटै सहयोग गर्ने निस्कर्षमा पुगेको बताए ।

भेटघाटका क्रममा उम्मेदवार कोइरालाले आफुले बाल्मिकी समुदायको उत्थानका लागि काम गर्ने दृढता ब्यक्त गरे । नेपाली कांग्रेसले सबै जाती, धर्म, समुदाय र क्षेत्रको विकासमा विगतदेखी काम गर्दै आएको र आफु निर्वाचित भएपछि पनि विशेष प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए ।

भेटघाट कार्यक्रममा उम्मेदवार कोइरालासँगै नेपाली कांग्रेस बाँकेका पुर्वउपसभापति सुनिल नरसिंह राणा, पार्टीका क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेपाली कांग्रेस नेपालगन्ज–२ का वडासभापति प्रदिप श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : ४६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’