११ भदौ २०८३, बिहिबार | August 27, 2026

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

सर्लाहीमा आयोजित कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले पराजुलीलाई पार्टीमा स्वागत गरेका हुन्। पराजुलीले आज बिहान मात्रै रास्वपा मकवानपुरको जिल्ला सभापति पदबाट राजीनामा दिएका थिए।

यसअघि कांग्रेसबाटै राजनीतिमा सक्रिय रहेका पराजुली केही समयअघि रास्वपामा प्रवेश गरेका थिए। तर, रास्वपाभित्र काम र योगदानभन्दा आर्थिक हैसियत भएका व्यक्तिहरूको प्रभाव बढी देखिएको भन्दै असन्तुष्ट रहेका उनी अब पुनः कांग्रेसमै फर्किएका हुन् ।

रास्वपा मकवानपुरले आजै हेटौंडामा आमसभा आयोजना गरेको छ । आमसभा अघि जिल्ला सभापतिले नै पार्टी परित्याग गरेपछि रास्वपाले विशेष जिल्ला भेला बोलाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : २९ बजे

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको