११ भदौ २०८३, बिहिबार | August 27, 2026

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे



रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने क्रम बढ्दै गएको छ । यसैक्रममा सुस्ता गाउँपालिका का सचिव कृष्णप्रसाद पन्थले सोमबार पार्टी त्यागेको घोषणा गरेका छन् ।

पन्थले पार्टीको भनाइ र गराइबीच एकरूपता नदेखिएको तथा पार्टी अवसरवादी प्रवृत्तिको चङ्गुलमा परेको आरोप लगाउँदै रास्वपा छाडेको बताएका छन् । उनले रास्वपाप्रति राखिएको आशा र विश्वास क्रमशः कमजोर हुँदै गएको भन्दै बाध्य भएर पार्टी परित्याग गर्नुपरेको स्पष्ट पारे ।

उनका अनुसार पार्टीभित्र इमान्दार नेता तथा कार्यकर्तालाई पाखा लगाउने र अवसरवादी व्यक्तिलाई भित्र्याउने प्रवृत्ति बढ्दै गएको छ । उनले अब कुनै पनि राजनीतिक दलमा प्रवेश नगरी स्वतन्त्र रूपमा बस्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि नै सुस्ताकै रास्वपाका उपसभापति गुप्त सेन ठकुरीले पनि दुई दिनअघि पार्टी त्यागेका थिए । उनले पनि पार्टीको सिद्धान्त र व्यवहारबीच तालमेल नदेखिएको तथा देशलाई निकास दिन सक्ने स्पष्ट दिशा नदेखिएकाले पार्टी छाड्नुपरेको बताएका थिए ।

स्थानीय तहमा असन्तुष्टि बढ्नुको मुख्य कारणका रूपमा नेपाली कांग्रेस का नेता विक्रम खनाललाई रास्वपामा भित्र्याएर टिकट दिइएको विषयलाई लिइएको छ । उक्त निर्णयपछि सो क्षेत्रमा रास्वपाका कार्यकर्ताबीच असन्तुष्टि बढेको बताइएको छ ।

पश्चिम नवलपरासीमा पछिल्लो समय रास्वपाभित्र आन्तरिक असन्तुष्टि बढ्दै जाँदा पार्टी परित्याग गर्ने क्रम तीव्र हुँदै गएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : ४५ बजे

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०