१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

आईसीसी टी-२० विश्वकप सुपर ८ मा वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । प्रभावशाली ब्याटिङ र सशक्त बलिङ प्रदर्शनका कारण वेस्ट इन्डिजले प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएको छ ।

२५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७.४ ओभरमा १४७ रनमै अलआउट भयो । जिम्बाब्वेका लागि ब्राड इभान्सले सर्वाधिक ४३ रन बनाए । आठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले २० बलमा २ चौका र ५ छक्का प्रहार गर्दै आक्रामक इनिङ खेले । यस्तै डायन मायर्सले २८, सिकन्दर रजाले २७, तदिवानाशे मारुमानीले १५ र टोनी मुन्योंगाले १४ रन जोडे ।

वेस्ट इन्डिजका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । गुडाकेश मोतीले चार विकेट लिए भने अकिल होसेनले तीन विकेट हात पारे । म्याथ्यू फोर्डले दुई तथा जेसन होल्डरले एक विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको थियो, जुन यस संस्करणको विश्वकपकै अहिलेसम्मको उच्च स्कोर हो । यसअघि श्रीलंकाले ओमानविरुद्ध २२५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले ३४ बलमा ८५ रन बनाउँदै शानदार प्रदर्शन गरे । उनले ७ चौका र ७ छक्का प्रहार गरे । रोभम्यान पावेलले ३५ बलमा ५९ रन जोडे भने रोमारियो शेफर्डले १० बलमा २१ रन बनाए । कप्तान शाई होपले १४ रन बनाए भने शेर्फेन रदरफोर्ड ३१ रनमा अविजित रहे ।

जिम्बाब्वेका लागि रिचर्ड न्गाराभा र ब्लेसिङ मुजरबानीले समान दुई-दुई विकेट लिए ।

यस जितसँगै वेस्ट इन्डिजले सुपर ८ चरणमा नेट रनरेटसमेत सुधार गर्दै सेमिफाइनल यात्रालाई थप सहज बनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ७ : ३३ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु

प्रमुख राजनीतिक दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं । प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने

विष्णु पौडेलको घरदैलो अभियान तिलोत्तमामा तीव्र, मतदातासँग सुझाव र समर्थन जुटाउँदै

बुटवल । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो र मतदाता

बसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइयो, सुरु भयो होली पर्व

काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले

बैतडीमा निर्वाचन प्रहरीको निधन

बैतडी । आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक