३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित



काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई मध्यनजर गर्दै सरकारले वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।

सरकारको यस निर्णयसँगै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इसरायल गरी १२ देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित विभाग र मातहतका सबै कार्यालयलाई व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्म जारी नगर्न निर्देशन दिएको जनाएको छ। मन्त्रालयका अनुसार उक्त निर्णय २०८२ फागुन १७ गते गरिएको हो।

यस कदमले खाडी र मध्यपूर्व क्षेत्रका साथै प्रभावित अन्य देशहरूमा रोजगारीका लागि जान तयारी गरिरहेका नेपाली कामदारहरू प्रत्यक्ष प्रभावित हुनेछन्।

सरकारले वर्तमान परिस्थितिमा नेपाली श्रमिकहरूको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राख्दै यस्तो निर्णय लिइएको स्पष्ट पारेको छ। अवस्था सामान्य भएसँगै आगामी कदमबारे पुनः निर्णय गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ५४ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको