२ असार २०८३, मंगलबार | June 16, 2026

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा (होली)ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने उल्लेख गरेका छन् ।

होलीको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै थापाले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व भएको बताएका छन् ।

नेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । नेपालको हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराईमा फागुन १९ गते अत्यन्त उत्साहका साथ एक–अर्कालाई रङ लगाई खुसी साटासाट गर्दै यो पर्व मनाइन्छ ।

सभापति थापाले विविध रङहरूजस्तै हाम्रो समाज पनि विविधतापूर्ण रहेको र यही विविधताबीचको एकता नै नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् । उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वले पारिवारिक स्नेह, आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन सबैलाई प्रेरणा प्रदान गर्ने बताएका छन् ।

“यसपटक फागुपूर्णिमासँगै हामी प्रतिनिधिसभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण उत्सवको सम्मुखमा छौँ । निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु । लोकतन्त्रलाई संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु”, सभापति थापाले उल्लेख गरेका छन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागुपूर्णिमा (होली)ले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ९ : ४२ बजे

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको

“सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ”

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा,

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र