२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ



बुटवल । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सीमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक सीमा समन्वय बैठक सम्पन्न भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेले भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लाका समकक्षीसँग प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा अनौपचारिक सीमा समन्वय बैठक बसेर सीमा क्षेत्रको अनुगमन गरी सुरक्षामा कडाइ गरिएको जानकारी दिए ।

दुवै देशका अधिकारीबीच भएको अनौपचारिक छलफल र सीमा क्षेत्रको अनुगमनमा नेपालको तर्फबाट प्रजिअ पोखरेलसहित जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनकबहादुर शाही, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहरा र राष्ट्रिय अनुसन्धानका निर्देशक प्रकाश आचार्य सहभागी भएका थिए । त्यस्तै भारत महाराजगञ्ज जिल्लाका प्रमुख अधिकारी (डिएम) सन्तोषकुमार शर्मा र भारतीय प्रहरीका एसपी सोमेन्द्र मीना सहभागी थिए ।

निर्वाचनको समयमा सीमानाका बन्द गर्ने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको प्रजिअ पोखरेलले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने कार्यमा सघाउन भारतीय पक्षले समेत चासो देखाएको उनले बताए ।

निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सम्पूर्ण सीमानाकाहरू यही फागनु १८ गते सोमबार राति १२ः०० बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । निर्वाचनको दिन मतदान सम्पन्न नभएसम्मका लागि सबै सीमानाका बन्द गरिएको प्रशासनले जनाएको छ ।

प्रजिअ पोखरेलका अनुसार मालवाहक सवारीसाधन र पर्यटक सवार सवारीसाधनसहित आवागमन हुने रुपन्देहीको मुख्य बेलहिया र साना सवारीसाधन आवतजावत गर्ने लुम्बिनी–कक्रहवालगायत सम्पूर्ण सीमानाका बन्द गरिएका हुन् । नाका बन्द गरेर कडाइ गरेपछि सीमा क्षेत्र सुनसान बनेका छन् । दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने रुपन्देहीका सबै नाका सुनसान भएका स्थानीय बताउँछन् ।

सीमा बन्द गरिएको अवधिमा ग्यास बुलेट र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, एम्बुलेन्स र नेपाल भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकबाहेक अन्य सामानको ढुवानी तथा आवागमनमा रोक लगाइएको प्रजिअ पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ५० बजे

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता

विशिष्ट पदाधिकारी, दलका नेता र लब्ध प्रतिष्ठित व्यक्तिले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले