काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब ३३ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अपडेटेड तथ्यांकअनुसार यस अवधिसम्म कुल ६२ लाख २० हजार ४२ मत खसेको छ।
आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये उक्त संख्यामा मत खसेको हो। देशभर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका १० हजार ४६७ मतदानस्थलमा मतदान भइरहेको छ।
प्रदेशगत विवरणअनुसार उपत्यकामा करिब ४७ प्रतिशत मतदान भएको छ भने कोशीमा ३२ प्रतिशत, मधेशमा २८ प्रतिशत, बागमतीमा ३४ प्रतिशत, गण्डकीमा ३९ प्रतिशत, लुम्बिनीमा २९ प्रतिशत, कर्णालीमा ३६ प्रतिशत र सुदूरपश्चिममा ३३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
हालसम्म देशभर ३३ प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको छ । मतदान साँझसम्म जारी रहने भएकाले कुल मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ।
निर्वाचन आयोगले मतदातालाई ढुक्कसँग मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरेको छ।

















प्रतिक्रिया