२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाँकेमा किरियापुत्रीद्वारा मतदान



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् । नेपालगञ्ज-७ निवासी दिवङ्गत ८४ वर्षीया कमल राणाका छोरा सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका परिवारका सदस्यहरूले उक्त मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यसैगरी नेपालगञ्ज-६ निवासी दिवङ्गत ९६ वर्षीया रामप्यारी कुर्मीका छोरा माधवराम बर्मासहित मातृ शोकमा रहेका उनका परिवारका सदस्यहरूले नेपालगञ्ज-७ स्थित हडियाबाबा मठ केन्द्रमा मतदान गरेको उक्त केन्द्र (ख)का सहायक मतदान अधिकृत अल्का मिश्रले जानकारी दिए ।

जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा आज बिहानदेखि मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरी, शासस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ५ : १५ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित