२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने



बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक अनुमानअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । हाल विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन तथा सिलबन्दी गर्ने कार्य जारी रहेको उनले जानकारी दिए ।

उनका अनुसार सबै मतदान केन्द्रको अन्तिम विवरण प्राप्त भइनसकेको भए पनि प्रारम्भिक सूचनाअनुसार ६५ प्रतिशतभन्दा बढी मतदान भएको देखिएको छ । सम्पूर्ण मतपेटिका प्राप्त भएपछि यथार्थ विवरण सार्वजनिक गरिने उनले बताए ।

मतगणनाका लागि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा अलग-अलग मतगणनास्थल तोकिएको छ । मतपेटिका संकलन सम्पन्न भएपछि सर्वदलीय बैठकको निर्णयअनुसार आज राति वा भोलि बिहानदेखि मतगणना सुरु गरिने तयारी रहेको बस्नेतले बताए ।

रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा तीन लाख ४६ हजार २०३ पुरुष, तीन लाख २६ हजार ३११ महिला र ९ अन्य गरी कुल ६ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् ।

मतगणनाका लागि क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस, सित्तलनगर क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित वडा कार्यालय क्षेत्र नम्बर ३ मा भैरहवास्थित भैरहवा नमुना माध्यमिक विद्यालय क्षेत्र नम्बर ४ मा कोटहीमाई गाउँपालिका कार्यालयको सभाहल तथा क्षेत्र नम्बर ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणनास्थल तोकिएको छ ।

निर्वाचन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगले समन्वय गर्दै आएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ८ : १९ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३