१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

"सुनामीको लहडमा पनि विश्वास गरेर मतदान गर्ने मतदाताप्रति म ऋणी छु"



चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति भावुक सन्देश दिएकी छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले “कामद्वारा तपाईंहरूको मन त जितें, तर मत जित्न सकिनँ” भन्दै जनताको मतलाई सम्मान गरेको बताएकी हुन्।

उनले निर्वाचनमा विजयी भएकी सोविता गौतमलाई बधाई दिँदै आगामी दिनमा चितवनको विकास र समृद्धिका लागि सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।

दाहालले झण्डै ३० वर्षको आफ्नो राजनीतिक यात्रामा भरतपुरमा बिताएको नौ वर्षलाई विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उल्लेख गरेकी छन्। जनताको सपना, आवश्यकता र चाहना पूरा गर्नु नै आफ्नो सपना भएको उनले बताएकी छन्।

विकासका लागि जनतामैत्री नीति तथा कानुनको आवश्यकता महसुस गरेपछि आफूले नगर प्रमुखको १५ महिना कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनले उल्लेख गरेकी छन्।

निर्वाचन परिणामलाई स्वीकार गर्दै उनले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेकी छन्। “यो सुनामीको लहरमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताप्रति म ऋणी छु,” उनले सन्देशमा उल्लेख गरेकी छन्।

दाहालले चुनावी अभियानमा सक्रिय रूपमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारप्रति पनि धन्यवाद व्यक्त गरेकी छन्।

परिणाम जस्तोसुकै भए पनि चितवनवासीको हकहित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ५९ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको