१४ असार २०८३, आइतबार | June 29, 2026

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी



गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार ढकालले ३० हजार ४४८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन् ।

ढकालले निकटतम प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

निर्वाचनमा प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भए पनि ढकालले सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः फराकिलो मतान्तरसहित जीत सुनिश्चित गरेका हुन् । यससँगै गुल्मी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : ५६ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा