७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर १० लाख नाघ्यो



काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या १० लाख नाघेको छ । महामारी सुरु भएको १० महिनाको बीचमा विश्वभर कोरोना संक्रमणबाट १० लाख बढीको मृत्यु भएको हो ।

कोरोनाको आधिकारिक तथ्यांक संकलन गर्दै आएको जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृतकमध्ये आधी अमेरिका, ब्राजिल भारत र मेक्सिकोमा रहेका छन् ।

पछिल्लो जारी तथ्यांक अनुसार अमेरिकामा भाइरसको संक्रमणबाट २ लाख ५ हजार ३१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १ लाख ४२ हजार ५८ जनाले ज्यान गुमाइसकेका छन् भने भारतमा ९५ हजार ५४२ जनाको मृत्यु भएको छ । यसैगरी मेक्सिकोमा ७६ हजार ७३० जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिया गुटरेशले कोरोना भाइरसबाट भएको मृत्युलाई जीवनकै हृदयविदारक घटना भएको बताएका छन् । महासचिव गुटरेशले यो संकटविरुद्ध लड्नका लागि अन्तराष्ट्रिय सहयोग एवं नेतृत्वको आवश्यकता भएको जिकिर गरेका छन् ।

यद्यपी कैयौं जानकारहरुका अनुसार मृत्युको यो आंकडा १० लाख भन्दा पनि धेरै हुनसक्छ । किनकी, कैयौं देशमा कोरोना भाइरसको परीक्षण कम छ । जसका कारण, कोभिड १९ बाट हुने मृत्यको सही ढंगले रेकर्ड नराखिएको हुनसक्छ ।

कोरोना संक्रमणको पहिलो केस १० महिना पहिला चीनको वुहान शहरमा रेकर्ड गरिएको थियो । वुहानबाट फैलिन सुरु भएको यो भाइरस अब १८८ देशमा पुगेको छ । विश्वभर अहिलेसम्म ३ करोड ३० लाख मानिस कोरोना संक्रमित भैसकेका छन् ।

नेपालमा हालसम्म ७४ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । कोरोनाबाट ४५० भन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ । ५४ हजार ६४० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना महामारीलाई नियन्त्रण गर्न विश्वका ठूला मुलुकहरु भ्याक्सिनका लागि काम गरिरहेका छन् । यद्यपी, अहिलेसम्म कुनै पनि भ्याक्सिनको सफल भैसकेका छैनन् ।

केही देशले तयार पार्दै गरेको भ्याक्सिन अन्तिम क्लिनिकल ट्रायलको चरणमा रहेका छन् । तर, यी भ्याक्सिन पनि कमसेकम सन् २०२१ अघि आउने सम्भावना कतै देखिँदैन ।

विश्व स्वास्थ्य संगठनले यसअघि नै भ्याक्सिन आउनुपूर्व कम्तिमा २० लाख मानिसको ज्यान जाने चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : ०० बजे

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका