१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाल र चीनबीच सहसचिवस्तरीय वार्ता आज, के हुँदैछ छलफल ?



काठमाडौं । नेपाल र चीनबीच आज व्यापार वार्ता हुनेभएको छ । वाणिज्य सहसचिवस्तरमा हुन लागेको वार्तामा दुई मुलुकबीचको व्यापार कारोबारमा रहेका समस्याहरुबारे छलफल हुनेछ ।

चीनको वाणिज्य व्यापार मन्त्रालयको सहसचिवस्तरमा हुने भर्चुअल वार्तामा व्यापारिक वातावरण सुधारको विषयलाई प्राथमिकतामा राखिएको छ ।

यसअघि नेपालले चीनसँगको व्यापारिक वार्ता तिब्बत स्वायत्त प्रदेश सरकारको वाणिज्य अधिकारीहरुसँग मात्र हुने गरेको थियो ।

बैठकमा नेपालले दुई देशबीचको व्यापारीक सम्बन्धको समीक्षा, व्यापार तथा पारवहन सन्धी कार्यान्वयन, व्यापरिक सीमा नाकाको पूर्वाधार तथा सहजीकरण, नेपाली उत्पादनको सहज निर्यात, लगायतका विषयलाई छलफलका एजेण्डा बनाएको छ ।

यसैगरी विगतका सहमति कार्यान्वयन, व्यापार अवरोध, सीमापार विशेष आर्थिक क्षेत्र स्थापना लगायतका विषयमा पनि छलफल गर्न नेपालले एजेण्डा तयार गरेको छ ।

यस्तै, प्रमुख नाका जोड्ने चीनले सडक पूर्वाधार स्तरोन्नती, कमजोर बोर्डरको स्तरोन्नती, नेपालसँग व्यापारिक कारोवार वातावरण सुधार, चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो (सीआईआईई)मा नेपालको सहभागिता लगायतका विषयमा चीनले छलफल गर्न चाहेको छ ।

सीआईआईईलाई चीनले आफ्नो देशमा वस्तु तथा सेवा आयात गर्नका लागि विश्वका देशलाई आकर्षित गर्ने अन्तराष्ट्रिय एक्स्पो हो । यस एक्स्पोमार्फत विभिन्न अन्तराष्ट्रिय कम्पनीहरुले चिनियाँ उपभोक्तालाई आकर्षित गर्ने योजना सार्वजनिक गर्ने गर्छन् ।

बैठकमा नेपालको तर्फबाट वाणिज्य, परराष्ट्र, अर्थ, कृषिविकास, भौतिक योजना, भन्सार र खान्य विभागका अधिकारीहरु सहभागी हुँदैछन् । नेपाल र चीनबीच व्यापारिक सम्बन्धको औपचारिक सुरुवात भएको १४८ वर्ष भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : ३५ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७