३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर



काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नं १० मा एक हजार २२६ मत बदर भएको छ । सो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन् । साठी हजार ४४१ तत खसेकामा त्यसमध्येमा ५९ हजार २१५ मत सदर भएको थियो ।

निर्वाचन क्षेत्र नं ९ मा ९३३ मत बदर भएको छ । कूल ७८ हजार ४९५ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ७४० मत खसेको थियो । सो क्षेत्रमा ५१ हजार ८०७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ८ मा ६२३ मत बदर भएको छ । त्यहाँ कूल मतदाता ५७ हजार ८११ छन् । सड्तीस हजार ७९४ मत खसेकामा ३७ हजार १७१ मत सदर भएको थियो ।

निर्वाचन क्षेत्र नं ७ मा ८०५ मत बदर भएको छ । ६८ हजार ६८५ कूल मतदाता रहेको क्षेत्रमा ४४ हजार ८५७ मत खसेको थियो । यस क्षेत्रमा ४४ हजार ०५२ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ६ मा ८११ मत बदर भएको छ । ६७ हजार ७५९ कूल मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४८ मत खसेको थियो । यहाँ ४४ हजार ४३७ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

निर्वाचन क्षेत्र नं ५ मा ९०२ मत बदर भएको छ । कूल ७८ हजार ११४ मतदाता रहेको यस क्षेत्रमा ५१ हजार ९६९ मत खसेको थियो । ५१ हजार ०६७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ४ मा ८६२ मत बदर भएको छ । कूल ७६ हजार २५१ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ९६३ मत खसेको थियो । खसेकोमध्येमा ५० हजार १०१ मत सदर भएको जनाइएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा ९४० मत बदर भएको छ । ६४ हजार ४७९ कूल मतदाता रहेको यस क्षेत्रमा ४४ हजार १९० मत खसेको थियो । खसेकोमध्ये ४३ हजार २५० मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं २ मा एक हजार ०९५ मत बदर भएको छ । कूल ८८ हजार ७०८ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार ४४१ मत खसेको थियो । खसेकोमध्ये ५८ हजार ३४६ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं १ मा ४३४ मत बदर भएको छ । कूल मतदाता ५५ हजार २९२ रहेको यस क्षेत्रमा ३२ हजार ३१४ मत खसेको थियो । जसमध्ये ३१ हजार ८८० मत सदर भएको थियो ।

देशभर कति मत बदर भयो भन्ने मङ्गलबार सबै मतगणना सकिएपछि भन्न सकिने आयोगले जनाएको छ । अहिलेसम्मको विवरणअनुसार तीनदेखि चार प्रतिशत मत बदर भएको अनुमान गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आज बेलुकीसम्म समानुपातिक प्रणालीतर्फको ९५ लाख २३ हजार मतगणना सकिएको पनि उनले सुनाए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ९ : २२ बजे

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी