३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न ४ बजे विशेष मौसम बुलेटिन जारी गरी बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले मौसमको हालको प्रदूषणको अवस्थामा क्रमिकरूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो ।

महाशाखाले नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित रहँदा केही दिनदेखि देशका धेरै भू–भागमा तुवाँलो देखिएको उल्लेख गरेको छ ।

तुवाँलो लाग्दा स्वास्थमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन पनि विभागका सूचना अधिकारी दिनकर कायस्थले अनुरोध गरेका छन् । साथै मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोही अनुसार नियमित अद्यावधिक गर्दै जाने जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : ४८ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय