१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी



‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा एनपीजे लायन किङ्सले उत्कृष्ट प्रदर्शन गर्दै जुनियर क्याम्ब्रिज लाई १२ रनले पराजित गरेको छ।

‎पहिले ब्याटिङ गरेको एनपीजे लायन किङ्स ले निर्धारित १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। टोलीका लागि आदिल शाहले सर्वाधिक २८ रन बनाए। त्यस्तै हसन शेखले १३ रन, अमन कासगरले ११ रन र फयान खानले १० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

‎९६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जुनियर क्याम्ब्रिजले राम्रो सुरुवात गर्न नसक्दा १३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो। जुनियर क्याम्ब्रिजका लागि गौश हलुवाईले १३ रन, अभिषेक शर्मा, अयान खान र ऋतिक सिंह राजपूतले समान १०–१० रन बनाएका थिए। इमरान खानले ७ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

‎बलिङतर्फ एनपीजे लायन किङ्सका बलरहरूले प्रभावशाली प्रदर्शन गरे। अमन कासगरले घातक बलिङ गर्दै ३ ओभरमा २५ रन दिँदै ४ विकेट लिए। त्यस्तै अयान खानले १ ओभरमा ११ रन दिँदै २ विकेट, तौशेर खानले ३ ओभरमा १५ रन दिँदै २ विकेट तथा फरान अली शेखले ३ दशमलव ४ ओभरमा १९ रन दिँदै १ विकेट लिएर टोलीलाई जिततर्फ डोर्‍याए।

‎खेलमा उत्कृष्ट प्रदर्शन गरेका इमरान खानलाई प्लेयर अफ द म्याच घोषित गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १० : ३१ बजे

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना