१० भदौ २०८३, बुधबार | August 27, 2026

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको नाम टुंगो लगाएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ जना महिला अनिवार्य रहने गरी २० जनाको नाम चयन गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले समानुपातिकतर्फ सिफारिस गरिएका २० जनामध्ये १५ जना महिला रहेको बताए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा कांग्रेसका कुल ६२ सांसद रहने भएकाले संवैधानिक व्यवस्था अनुसार कम्तीमा एकतिहाइ अर्थात् २१ जना महिला सुनिश्चित गरिने बताए।

चालिसेले दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, मुस्लिम र थारू समुदायलाई समेट्दै क्लस्टरका आधारमा नाम चयन गरिएको जानकारी दिए। पार्टीले आदिवासी जनजाति र खसआर्यबाट ६–६ जना, मधेसी र दलितबाट ३–३ जना तथा मुस्लिम र थारूबाट १–१ जना गरी २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उनले बताए।

प्रवक्ता चालिसेले अर्को बैठकमा निर्वाचनको निर्वाचनको समग्र समीक्षा हुने जानकारी दिए । उनले आगामी बैठकमा निर्वाचन परिणाम र पार्टीको रणनीतिबारे विस्तृत छलफल गरिने बताए।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ३ : ५९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट