१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित



बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित भएका छन् । संघको मंगलबार बुटवलमा सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा मनोज क्षेत्री चयन भएका छन् । सदस्यहरूमा हरिलाल बस्याल, रमेश पराजुली, कल्पना घिमिरे, शारदा शाही, यमुना जिसी, सुदिप गौतम, निर्मल थापा र सागर भण्डारी रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मंगलबार नै प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराइएको छ ।

कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपाल का अध्यक्ष समिर बलामी ले यही चैत १० गतेभित्र जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने र वैशाख ५ गते केन्द्रीय अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले चलचित्र पत्रकारहरूको हकहित संरक्षण, पेशागत विकास तथा नेपाली चलचित्रको प्रवर्द्धनमार्फत चलचित्र क्षेत्रलाई उद्योगका रूपमा स्थापित गर्ने उद्देश्यका साथ संघले गतिविधि सञ्चालन गरिरहेको बताए । साथै आवद्ध पत्रकारहरूको क्षमता विकासका लागि तालिम तथा विभिन्न कार्यक्रम सञ्चालन गरिने र जिल्ला शाखाहरूलाई आवश्यक सहयोग प्रदान गरिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संघका सल्लाहकारहरु सुमन श्रेष्ठ, मनिश पन्थ, उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, सहसचिव कल्पना डुम्रे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यसअघि कार्यक्रममै संघका अध्यक्ष मोहन न्यौपानेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राजिव भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : २६ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको