११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित



बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित भएका छन् । संघको मंगलबार बुटवलमा सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा मनोज क्षेत्री चयन भएका छन् । सदस्यहरूमा हरिलाल बस्याल, रमेश पराजुली, कल्पना घिमिरे, शारदा शाही, यमुना जिसी, सुदिप गौतम, निर्मल थापा र सागर भण्डारी रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मंगलबार नै प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराइएको छ ।

कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपाल का अध्यक्ष समिर बलामी ले यही चैत १० गतेभित्र जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने र वैशाख ५ गते केन्द्रीय अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले चलचित्र पत्रकारहरूको हकहित संरक्षण, पेशागत विकास तथा नेपाली चलचित्रको प्रवर्द्धनमार्फत चलचित्र क्षेत्रलाई उद्योगका रूपमा स्थापित गर्ने उद्देश्यका साथ संघले गतिविधि सञ्चालन गरिरहेको बताए । साथै आवद्ध पत्रकारहरूको क्षमता विकासका लागि तालिम तथा विभिन्न कार्यक्रम सञ्चालन गरिने र जिल्ला शाखाहरूलाई आवश्यक सहयोग प्रदान गरिने उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संघका सल्लाहकारहरु सुमन श्रेष्ठ, मनिश पन्थ, उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, सहसचिव कल्पना डुम्रे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यसअघि कार्यक्रममै संघका अध्यक्ष मोहन न्यौपानेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राजिव भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : २६ बजे

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको