१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वामदेव गौतमको ‘भविष्य’ संवैधानिक इजलासमा कोरिँदै



काठमाडौं । राष्ट्रपद्विारा राष्ट्रियसभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि सुनुवाई गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठित इजलासले गौतमको योग्यतामाथि उठेको प्रश्नबारे फैसला गर्नेछ ।

प्रतिनिधिसभामा पराजित व्यक्तिलाई राष्ट्रपतिले राष्ट्रियसभामा मनोनय गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ४ असोजमा रिट निवेदन दर्ता गराएका थिए ।

त्रिपाठीको रिटमा प्रारम्भिक सुनुवाई गर्दै अदालतले अल्पकानीन आदेश जारी गर्दै मनोनयनलाई यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो ।

यस्तै, वामदेवमाथि अधिवक्ता बद्रिराज कार्कीको पनि निवेदन परेको छ ।  अब संवैधानिक इजलासले मनोनयमाथि अन्तरिम आदेश जारी गर्ने या नगर्ने आदेश गर्नेछ ।

वरिष्ठ उपप्रधानमन्त्री बन्ने लक्ष्यसहित राष्ट्रिय सभामा पुगेका गौतमबारे अदालतमा प्रश्न उठेपछि सत्तारुढ नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय पनि अलमलमा परेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु गौतमलाई वरिष्ठ उपप्रधानमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन् ।

तर, गौतमलाई ल्याउँदा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र उपप्रधानमन्त्री इश्वर पोखरेल बाहिरिनुपर्ने देखिन्छ । यसकारण, सकेसम्म ओली गौतमलाई मन्त्रिपरिषद्मा सामेल गर्न अनिच्छुक देखिएका छन् ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : २५ बजे

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित