१४ असार २०८३, आइतबार | June 28, 2026

सरकार विरुद्ध देशव्यापी आन्दोलन गर्ने काँग्रेसको तयारी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने गर्नेभएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार नियन्त्रण गर्न र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै देशव्यापी आन्दोलन गर्ने तयारी गरेको हो।

‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाम झन संकटपूर्ण बन्दै गएको छ । महामारीका बेला सरकारका मन्त्रीहरु भ्रष्टाचार तथा अनियमिततामा मुछिएका छन् । बेरोजगारी र महंगी बढेको छ । यसको विरोध गर्नुको विकल्प छैन’, बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले भने ।

आगामी १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले सरकार विरुद्ध आन्दोलनका ठोस कार्यक्रम तय गर्ने पनि पदाधिकारी बैठकले निर्णय गरेको छ ।

सरकार विरुद्ध उठेका यी सवालबारे छलफल गर्न अबिलम्ब संसद बैठक बोलाउन पनि काँग्रेसले माग गरेको छ ।

पदाधिकारी बैठकमा पार्टीभित्रको विवादबारे पनि छलफल भएको छ । सभापति देउवाले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा विरोधपत्र नै दर्ता गराएका छन् ।

त्यसबारे पनि १९ गते नै केन्द्रीय कार्यसमितिमा छलफल हुनेभएको छ । आजको पदाधिकारी बैठकमा भने महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : ५८ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक