६ श्रावण २०८३, बुधबार | July 22, 2026

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई



खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम ब्रोदर्स एफसीले जितेको छ । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरिएकोमा आयोजक टिमले उपाधि उचालेको हो ।

ब्रोदर्स एफसीले उपाधि उचालेसंगै नगद ३० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ब्रोदर्स एफसीले प्रथम पुरस्कारको सौजन्य समाजसेवी प्रेम सागर पौडेलले गरेका थिए । ब्रोदर्स एफसीले नव ज्योती युवा क्लब परशुरामपुरलाई सुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो । खजुरामा खेलकुदका गतिविधिमा सक्रिय ब्रोदर्स स्पोट्र्स क्लबले फागुन ३० गते देखि प्रथम खजुरा नाइट फुटबल प्रतियोगिताको आयोजनामा गरेको हो ।

पाँच–ए–साइड फुटबल प्रतियोगितामा बाँके जिल्लाका विभिन्न स्थानबाट १६ वटा टिमले सहभागिता जनाएका थिए । रात्रीकालीन रूपमा आयोजना गरिएको फुटबल प्रतियोगिता भएकाले खेलप्रेमीका लागि यो प्रतियोगिता निकै रोचक मानिएको समापन खेलका प्रमुख अतिथि खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका क्षेत्रीले जनाए । समापन कार्यक्रममा बोल्दै अध्यक्ष रोकाक्षेत्रीले खजुरा खेलकुद क्षेत्रमा अगाडी बढिरहेकाले नाइट खेलले यसमा थप उचाई थपेको उल्लेख गरे ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष तिलकविर सुनारले खजुरामा खेलप्रेमी र खेलाडीलाई हौसला दिन स्थानिय सरकारले योजना बनाउन आवश्यक रहेको उल्लेख गरे ।

प्रतियोगिताको मुख्य उद्देश्य खजुरा क्षेत्रमा खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्नु, युवाहरूलाई खेलप्रति आकर्षित गर्नु तथा खेलमार्फत सामाजिक एकता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु रहेको खेल संयोजक भरत घर्तीले जानकारी दिए ।

उपविजेता टिमलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको ब्रोदर्स स्पोट्र्स क्लबका अध्यक्ष विवेक सागर पौडेलले जनाए । खेल खजुरा ४ मा रहेको मुसवेटवा बाबा स्थित मजारको खेल मैदानमा भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : २६ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय