६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र



बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल खेलको विकास र राष्ट्रिय फुटबलमा योगदान पु¥याउने उद्देश्यले सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष सुजु मल्लले बताए ।

प्रतियोगितामार्फत देशका विभिन्न जिल्लाबाट खेलप्रेमी दर्शकलाई आकर्षित गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, व्यापारिक प्रतिष्ठान तथा उत्पादनको प्रचारप्रसार गर्ने र लुम्बिनी क्षेत्रको पहिचान बढाउँदै समग्र क्षेत्रीय विकासमा टेवा पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । करीब ४० लाख खर्च हुने अनुमान रहेको उनले बताए । सिद्धेश्वर मैदानलाई मिनी स्टेडियम बनाउने लक्ष्यसहित गुरुयोजना सरकारी निकायसम्म पुगेको उनले बताए ।

यसैबिच कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ७ का वडाअध्यक्ष पदम बहादुर गाहा, रुपन्देही फुटबल संघका पूर्व सचिव दिपक गुरुङ, सौभाग्य टिम कोच प्रदिप आचार्य, म्याच कमिश्नर बिष्णु पौडेल, बिस पचहत्तर युवा क्लबका अध्यक्ष सुरेन्द्र थापा स्वर्गिय प्रचण्ड थैवका सुपुत्र राधव थैवले सामुहिक रुपमा कप अनवरण गरेका थिए ।

सिद्धेश्वरी खेलमैदान, दीपनगरमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय स्तरका चर्चित क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

करीब २ हजार क्षमताको अस्थाई प्याराफिट समेत निमार्ण गरिएको सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा करिब ४५ हजार भन्दा बढी दर्शकले खेल अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिनेछन । गतवर्ष झरना स्पोर्टिङ क्लब विजेता रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ७ : २३ बजे

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।