२० भदौ २०८३, शनिबार | September 5, 2026

देवदहलाई दोस्रो सौभाग्य गोल्डकप फुटबलको उपाधि



बुटवल । बुटवलमा सम्पन्न शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि देवदह एफसीले चुमेको छ । सोमबार सम्पन्न फाईनलमा कपिलबस्तु-११ लाई ३-१ गोल अन्तरले पराजित गर्दै देवदहले उपाधि चुमेको हो ।

उपाधिसंगै देवदह नगद ५ लाख ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता कपिलवस्तु भने नगद २ लाख ५१ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो । फाईनल खेलमा देवदहका आशिष जिसी म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।

सिद्धेश्वर खेलमैदानमा भएको खेलमा देवदहको जितमा सुरज चौधरी नायक रहे । उनले विजयी दुई गोल गरे । उनि प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद २५ हजार रुपैया, कपबाट पुरस्कृत भए । देवदहका आशिष जिसीले थप एक गोल गरे । कपिलवस्तुका श्याम बियादीले सान्त्वना गोल गरे ।

प्रतियोगितामा कपिलबस्तुका गणेश पुलामी मगर बेष्ट मिडफिल्डर, देवदहका बिशाल केसी बेष्ट किपर, उत्कृष्ट डिफेन्डर एनिसेट एडिया, देवदहका सुरज चौधरी हाईस्कोर, देवदह ब्याईजका बिजय गुरुङ वेष्ट कोच बन्दै ११ हजार, कपबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, क्लबका अध्यक्ष सुजु मल्ल, सचिव प्रकाश क्षेत्रीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ८ : २२ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार