१५ चैत्र २०८२, आइतबार | March 29, 2026

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले दोषी ठहर गरेको आधारमा ओलीलाई निवासबाटै प्रहरीले पक्राउ गरेपछि बसेको एमाले सचिवालय बैठकले उक्त कदमको विरोध गर्दै रिहाइको मागसहित ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीन बहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नारा-जुलुससहित जिल्ला प्रशासन कार्यालयसम्म मार्च गर्दै ज्ञापनपत्र बुझाइने तयारी गरिएको छ ।

यसअघि शनिबार पार्टी सम्बद्ध जनसंगठनहरूले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए ।

त्यसैगरी अध्यक्ष ओली पक्राउ प्रकरणबारे आज बिहान १०:३० बजे कानुनविदहरूसँग अन्तरसंवाद कार्यक्रम पनि आयोजना गरिने भएको छ । उक्त कार्यक्रम पुतलीसडक स्थित संगठनको केन्द्रीय कार्यालयमा हुने जनाइएको छ ।

ओली पक्राउपछि एमालेले आन्दोलनका कार्यक्रमहरू थप तीव्र बनाउँदै गएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ७ : ५९ बजे

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण मुद्दाको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर