६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु



बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६) बाट बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिता–२०८२ सुरु हुँदैछ । प्रतियोगिताका लागि देशभरबाट खेलाडीहरु बुटवल आउने क्रम सूरु भएको छ । प्रतियोगिताको सम्पूर्ण तयार पुरा भएको रुपन्देही लन टेनिस संघका अध्यक्ष विष्णु चापागाईले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तथा महिला एकल र डबलगरि कुल ११ विधामा प्रतिष्पर्धा गराईने छ । जसमा एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा रहने छ भने डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाँच विधा गरि कुल ११ विधा रहेको संघका अध्यक्ष चापागाईले बताए ।

प्रतियोगितामा पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

चैत्र २० गतेसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्नका लागि कुल रु. २६ लाख ६७ हजार ५०० रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा देशभरका २ सय भन्दाबढी पुरुष तथा महिला खेलाडीको सहभागिता हुने संघले जनाएको छ । प्रतियोगिताका खेलहरु नेपाल लन टेनिस संघको स्वीकृति र अन्तराष्ट्रिय खेल नियम र मान्यता अनुसार खेलहरु सञ्चालन गरिने छ । प्रतियोगितका सम्पूर्ण खेलहरु बुटवलको देविनगरस्थिती टेनिस कोर्टमा ुंचालन हुनेछ ।

२०७५ सालबाट बुटवल लन टेनिस संघले बुटवलमा पहिलो पटक राष्ट्रियस्तरको लनटेनिस प्रतियोगीता आयोजना गर्न थालेकोे हो । सोहि प्रतियोगितालाई निरन्तरता दिदै रुपन्देही लन टेनिस संघले सातौं संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता तथा तेस्रो मेयर कपको पुरुष एकलतर्फको विजेता पोखराका प्रदीप खड्का हुन् भने महिला एकलतर्फको विजेता काठमाडौंकी सुनीरा थापा हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : ०० बजे

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।