२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का



काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा अध्यागमन विभागले सोमबार भट्टलाई कालोसूचीमा राखेको हो। विभागका अधिकारीहरूका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान सुरु भएपछि उनीमाथि निगरानी कडा पार्दै कालोसूचीमा समावेश गरिएको हो।

एक अधिकारीका अनुसार भट्ट विदेश भाग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। कालोसूचीमा परेपछि उनले अब विदेश यात्रा गर्नुअघि सम्बन्धित निकाय वा नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्नेछ। उनको पासपोर्ट रोक्का गरिएको छ ।

अध्यागमनको कालोसूचीमा परेका व्यक्तिले अनुसन्धानरत निकाय वा सरकारको अनुमति बिना विदेश यात्रा गर्न नपाउने प्रावधान रहेको छ।

व्यापारी भट्ट इन्फिनिटि होल्डिङ प्रमुख हुन्। उनीमाथि सत्ता र प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध प्रयोग गर्दै सार्वजनिक खरिदका ठेक्का, जलविद्युत् आयोजना, बैंक तथा बिमा कम्पनीका लाइसेन्स प्राप्त गर्ने लगायतका गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

इन्फिनिटी होल्डिङ्समार्फत शंकास्पद आर्थिक कारोबार भएको विवरण फेला परेपछि २०७९ मंसिरदेखि नै भट्टलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानको दायरामा ल्याएको थियो। अहिले सो अनुसन्धानलाई थप तीव्र बनाइएको स्रोतहरूले बताएका छन्।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ५१ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख