२६ असार २०८३, शुक्रबार | July 10, 2026

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल



काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले गरेको सम्बोधन पार्टीभित्रै विवादित बनेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले दल नेताको हैसियतले उपाध्यक्ष रामबहादुर थापाले बिहीबार सदनमा राखेका धारणा पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन्। उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै यसविषयमा भोलि बस्ने सचिवालय बैठकमा गम्भीर छलफल हुने स्पष्ट पारेका छन् ।

थापाले सम्बोधनका क्रममा नेपाली सेना लगायतका राज्यका संस्थालाई आरोपित गरेका थिए ।

पौडेलले लेखेका छन्, ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले)को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’

थापाको सम्बोधनलाई एमाले उपमहासचिव योगेश भट्टराईले समेत आलोचना गरेका छन् ।

यो पनि पढ्नुहोस : रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए – रामबहादुर थापा

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ८ : २३ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी