१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ



काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

लम्सालमाथि लागेको बलात्कार आरोपबारे अनुसन्धान गर्न उनलाई शुक्रबार पक्राउ गरिएको
प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । अमेरिकामा अध्ययनरत एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत एक वर्षअघि आफूलाई लम्सालले अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्।

ती युवतीले सार्वजनिक गरेको पोस्टमा लामो समयदेखि चिनजान रहेका लम्सालले आफू बसेको अपार्टमेन्ट हेर्न चाहेको बताएपछि विश्वासका आधारमा आफूले उनलाई अपार्टमेन्टमा लगेको बताएकी छन्।
अपार्टमेन्टमा बसेर कुराकानीका क्रममा आफ्ना व्यक्तिगत र स्वास्थ्यसम्बन्धी समस्याबारे कुरा गर्दै भावुक भएको उल्लेख गर्दै उनले त्यही क्रममा आफू बलात्कृत भएको दाबी गरेकी छन्।

सो आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा विभिन्न क्षेत्रबाट घटनाबारे अनुसन्धान गर्न दबाब बढेको थियो। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै लम्साललाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ११ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको