६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति



काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

यसअघि अदालतले चैत १९ गते दुई दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमनबारे जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले दिएको सिफारिसका आधारमा प्रहरीले चैत १४ गते शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरेको थियो ।

सो पक्राउ गैरकानूनी भएको दाबी गर्दै ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदा लेखकले चैत १५ गते सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भने जारी छ । आज सुनुवाइ नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ ।

ओली हाल त्रिवि शिक्षण अस्पतालमा प्रहरी सुरक्षा घेराभित्र उपचार गराइरहेका छन् भने लेखकलाई दुई नम्वर गण महाराजगन्जमा राखिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ८ : ०४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको