२० भदौ २०८३, शनिबार | September 5, 2026

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदबाट मुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार प्रधानमन्त्री शाहले साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । साहले आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा पुनः सक्रिय गराएको आरोप लागेको छ ।

यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले पनि उक्त विषयमा अध्ययन गरी साहमाथि कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो । सो प्रतिवेदनमा मन्त्री साहको गतिविधिले पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर असर परेको निष्कर्ष निकालिएको थियो ।

सोही प्रतिवेदनका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष सिफारिस पेस गरेका थिए । प्रेस विज्ञ दीपा दाहालका अनुसार उक्त सिफारिसका आधारमा नै मन्त्री साहलाई पदमुक्त गरिएको हो ।

रास्वपाले आफ्नो पार्टी विधानअनुसार पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गर्दै साहलाई हटाउने निर्णय गरेको जनाएको छ ।

यसैबीच, सोही प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ३ : ५९ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २