३ बैशाख २०८३, बिहिबार | April 16, 2026

पूर्णबहादुरलाई स्पष्टीकरण सोध्ने निर्णयप्रति शशांकको असन्तुष्टि



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पूर्वउपसभापति पूर्णबहादुर खड्का सँग स्पष्टीकरण सोध्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनले यस्तो कदमले पार्टी एकतामा नकारात्मक असर पार्ने बताएका हुन्।

कोइरालाका अनुसार कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद अहिले अदालतमा विचाराधीन रहेकाले यस्तो अवस्थामा आन्तरिक कारबाही अघि बढाउनु उपयुक्त नहुने देखिन्छ। उनले भनेका छन्, यस्तो गतिविधिले पार्टीभित्रको बृहत् एकता कमजोर पार्ने र संगठनलाई थप संकटतर्फ धकेल्ने जोखिम बढाउँछ। त्यसैले अहिलेको प्राथमिकता पार्टीभित्र एकता कायम गर्नु हुनुपर्नेमा उनले जोड दिएका छन्।

उनले पार्टीभित्र विचार र सिद्धान्तमा मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई व्यवस्थापन गर्ने तरिका महत्वपूर्ण हुने बताए। आन्दोलन र परिवर्तनको इतिहास बोकेको कांग्रेस समयानुकूल रूपान्तरण हुनुपर्नेमा दुईमत नभए पनि आन्तरिक विभाजनलाई बढावा दिने गतिविधिले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ।

कोइरालाले आन्तरिक विवादले केवल पार्टीलाई मात्र नभई समग्र लोकतन्त्र र राजनीतिक व्यवस्थालाई समेत असर पार्न सक्ने चेतावनी दिएका छन्। प्रतिकूल अवस्थामा तल्लो तहदेखि शीर्ष नेतृत्वसम्मै एकता अपरिहार्य रहेको उनको धारणा छ।

त्यसैगरी, उनले हाल सदस्यता अद्यावधिक गर्ने प्रक्रिया आवश्यक नभएको पनि उल्लेख गरेका छन्। १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा फेरबदल गर्दा आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शितामा असर पर्ने उनको तर्क छ। पार्टी अझै सैद्धान्तिक रूपमा विभाजित नभएको दाबी गर्दै उनले सबैलाई एकताका पक्षमा उभिन अपिल गरेका छन्।

यसअघि बुधबार कांग्रेस अनुशासन समितिले खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। खड्काले आफूलाई कार्यवाहक सभापति उल्लेख गर्दै विज्ञप्ति जारी गर्दै आएका थिए। तर, गगन थापा नेतृत्वको नयाँ समितिले उनलाई उक्त पदनाम प्रयोग नगर्न चेतावनी दिएको थियो। चेतावनी बेवास्ता गरेपछि अनुशासन समितिले स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ४ : ४८ बजे

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति चाहिने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक

पूर्णबहादुरलाई स्पष्टीकरण सोध्ने निर्णयप्रति शशांकको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पूर्वउपसभापति पूर्णबहादुर

मनसुन पूर्वतयारी : चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौं । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान

गणेश पराजुली रास्वपा संसदीय दलको उपनेता चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश

३३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ