५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

रुपन्देहीबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ



बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा नक्कली नेपाली नोटको अबैध कारोवारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मितिमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ भैरहवा र सैनामैना नगरपालिका वडा नं.१० भच्कैयाबाट नक्कली नोट सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगङ्गानगरपालिका वडा नं. २ का ३६ वर्षिय विष्णु श्रेष्ठ, नवलपरासी सुस्तापुर्व) देवचुलि नगरपालिका वडा नं. १५ का २८ वर्षिय सुजन खनाल भन्ने मुक्ति प्रसाद खनाल, सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका वडा नं. ८ का ३५ वर्षिय रोल बहादुर श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ का ५३ वर्षिय दिपेन्द्र थापा रहेका छन् ।

उनीहरुलाई चैत्र २२ गते र २६ गते फरक फरक मिति र समेयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट २१ थान १ हजार दरका २१ थान नक्कलीनोट बरामद भएको छ ।

नक्कली नोटको कारोबार सम्बन्धमा पक्राउ परेकाहरुबाट बयान लिई थप अनुसन्धान र खोजी कार्य कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ९ : ३९ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११