१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेका छन्।

आफ्नो पक्षमा सर्वोच्च अदालतको फैसला आएपछि सभापति थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उक्त फैसलाले पार्टीलाई पुनः बलियो बनाउने साझा यात्रातर्फ अघि बढ्ने वातावरण तयार गरेको उल्लेख गरेका हुन्।

थापाले यो विषयलाई व्यक्तिगत जित–हारको रूपमा नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने धारणा राखेका छन्। “सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,” उनले भनेका छन्।

उनले देशभित्र तथा बाहिर रहेका पार्टी सदस्य र शुभेच्छुकहरूलाई आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्। सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी आफूमा रहेको स्पष्ट पार्दै उनले त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

थापाले पार्टीको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै त्यसलाई सफल बनाउँदै संगठनलाई रूपान्तरण र सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिने बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १२ : १८ बजे

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।