३ आश्विन २०८३, शनिबार | September 19, 2026

‘वाम एकता’ चर्चा असान्दर्भिक भन्दै विष्णु पौडेलले उठाए प्रश्न



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो समय राजनीतिक बजारमा चलिरहेको वामपन्थी एकताको चर्चालाई असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र गम्भीर आत्मसमिक्षा र पुनर्गठनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
नेकपा (एमाले)ले हालैका निर्वाचनहरूमा भोगेको पराजयलाई ‘चिन्ताजनक’ उल्लेख गर्दै लेखेका छन् लेखेका छन्, “निर्वाचनमा भएको पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो।”

उपाध्यक्ष पौडेलले यथार्थ समस्याबाट ध्यान मोड्ने उद्देश्यले ‘पर्दा पछाडिबाट’ वामपन्थी एकताको चर्चा चलाइएको संकेत गर्दै प्रश्न उठाएका छन्— “यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले र किन चलाइरहेका हुन् ?”

पछिल्ला केही दिनयता नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी बीच पुनः एकता हुन सक्ने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। विशेषतः केपी शर्मा ओली नेतृत्वको विकल्प खोज्ने बहस एमालेभित्रै चर्किंदै गएको सन्दर्भमा यो चर्चाले बजार पाएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : २२ बजे

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र