१५ माघ २०८२, बिहिबार | January 29, 2026

कन्चनपुरका १२ जना जुवाडे प्रहरी नियन्त्रणमा



कन्चनपुर । कन्चनपुर प्रहरीले कन्चनपुरको भिमदत्त नगरपालिका १० वाट जुवाको अड्डामा छापामारी १२ जना जुवाडे सहित अड्डा सञ्चालकलाई पक्राउ गरेको छ । नगरपालिकाको गड्डाचौकी स्थीत गोपाल कार्कीले सँचालन गरेको कार्की होटेल एण्ड लजमा प्रहरीले शुक्रबार छापा मारेको थियो ।

होटेलमा प्रहरीले खानतलासी गर्दा जुवा खेलमा संलग्न १२ जना ब्यक्ति, ३ गड्डी तास तथा नगद ४५हजार ६०० रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ब्यक्तिहरुमा कन्चनपुर भिमदत्त नगरपालिका ११ का पदम बोहोरा, पदम बोहरा, पदम सिंह खत्री, देबराज ओझा, कमल गुरुङ, करण सिंह सुनार तथा वार्ड नम्बर १० का नरेन्द्र सुनार, नन्दराज जोशी, दिल्लीराज जोशी, गोपाल कार्की र डिल्लीराज जोशी रहेका छन् । त्यसैगरि भिमदत्त नगरपालिका कै वाडस् नम्बर ६ का शंकर पाण्डे तथा वार्ड नम्बर ९ का करण सिंह कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाईने कन्चनपुर प्रहरीका प्रवक्ता डीएसपी अमर बहादुर थापाले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ४३ बजे

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी