१५ असार २०८३, सोमबार | June 29, 2026

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ



गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१७ छोरेपाटनका गुरुङलाई नियन्त्रणमा लिई मङ्गलबार कारागार कार्यालय, कास्कीमा बुझाइएको जिप्रकाका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला ‘जेनजी’ आन्दोलनमा कारागारबाट भागी फरार रहँदै आएका थिए । उनलाई जिप्रका मातहतको वडा प्रहरी कार्यालय, बैदामको टोलीले पोखरा-६ डिकोपाटनबाट पक्राउ गरेको थियो । केही दिनअघि पनि कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई पोखराबाट पक्राउ गरेको थियो ।

हाडनाता जबर्जस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको थियो । रौतहटको डुमडिया गाउँपालिका–१० का परियारले अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : २२ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा