७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बहराइनका राजकुमारको टोलीद्वारा लोबुचे हिमालको सफल आरोहण



काठमाडौं । हिमाल आरोहणका लागि नेपाल भ्रमणमा रहेका बहराइनका राजकुमारको टोलीले लोबुचे हिमालको सफल आरोहण गरेको छ ।

टोलीले शनिबार बिहान ८ बजेर ५० मिनेटमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेको आरोहण व्यवस्थापक सेभेट समिट ट्रेकले ट्वीटमार्फत जनाएकोछ । आरोहणका लागि नेपाली शेर्पा गाइडले उनीहरुलाई सघाएका छन् ।

बहराइनका राजकुमारको टोली गत भदौ ३१ गते नेपाल आएको थियो । १५ जनाको सदस्य रहको टोली केही दिन गोकर्ण फरेस्ट रिसोर्टमा क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि लुक्ला हुँदै लोबुचे पुगेको हो ।

यो टोलीले काठमाडौं फर्केर मनास्लु आधार शिबिरको समेत पदयात्रा गर्ने योजना रहेको छ ।

राजकुमारको टोली नेपालमा दुई महिना बिताउने छ । आगामी सिजनमा बहराइनका राजकुमारले सगरमाथा आरोहणको योजना बनाएका छन् । सगरमाथा आरोहणका लागि अहिले वार्मअफ आरोहण भैरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १२ : ४१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल