१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

भन्छन् - बन्दुक देखाएर त्रसित बनाउने कार्य “राज्य आतंक” हो



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती भत्काउन थालिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाका सांसदसमेत रहेका साम्पाङले विज्ञप्ति जारी गर्दै गरिब तथा सुकुम्बासी नागरिकको बासस्थान बलपूर्वक हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका हुन्।

विज्ञप्तिमा सरकारले संविधानको धारा ३७ को उपधारा १ विपरीत नागरिकको आवासको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाइएको छ। साथै संविधानको धारा १६ को उपधारा १ मा उल्लेखित सम्मानपूर्वक बाँच्न पाउने अधिकारसमेत उल्लंघन भइरहेको दाबी गरिएको छ।

साम्पाङले जनताको घर भत्काउने, उनीहरूलाई बेघर बनाउने, लखेट्ने, गालीगलौज गर्ने, लाठी, बुट र बन्दुक देखाएर त्रसित बनाउने कार्यलाई “राज्य आतंक” को संज्ञा दिएका छन्। उनले यस्तो गतिविधिले लोकतन्त्रको मूल मर्म र नागरिक अधिकारको मान्यतामाथि प्रहार गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा दशौं वर्षदेखि विभिन्न स्थानमा बसोबास गर्दै आएका नागरिकले आफ्नो जीवनभरको कमाइ लगानी गरेर घर निर्माण गरेको उल्लेख गरिएको छ। त्यस्ता बस्तीमा विगतमा स्थानीय तह तथा राज्य संयन्त्रकै मौन स्वीकृति रहेको दाबी गर्दै अहिले उचित विकल्पबिना हटाउनु अन्यायपूर्ण हुने साम्पाङको भनाइ छ।

उनले उचित क्षतिपूर्ति, पुनर्बास र व्यवस्थापनको सुनिश्चितता नगरी बस्ती हटाउने कार्य नगर्न सरकारलाई आग्रह गरेका छन्।

“जनतालाई बेघर बनाएर न सुशासन हुन्छ, न आर्थिक उन्नति र विकास,” विज्ञप्तिमा भनिएको छ।

साम्पाङले सुकुम्बासीमाथि हुने कुनै पनि मानवअधिकारविरोधी गतिविधिको श्रम संस्कृति पार्टीले विरोध गर्ने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : ४९ बजे

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित