२७ श्रावण २०८३, बुधबार | August 12, 2026

विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने



काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई १० लाख रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ उनले मन्त्रिपरिषद् बैठकको निर्णय पढेर सुनाउँदै भने ।

सरकारले यसअघि मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्दै आएको थियो । आज प्रवक्ता पोखरेलले मन्त्रिपरिषदको हालसम्मका बिस्तृत निर्णयहरु सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ५९ बजे

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत-राहुघाट प्रसारण लाइन