१० भदौ २०८३, बुधबार | August 26, 2026

सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने प्रधानमन्त्रीको दाबी



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक सुकुमवासीहरुलाई ढुक्क भएर बस्न आश्वासन दिएका छन् । सामाजिक सञ्जालमा पोष्ट राख्दै प्रधानमन्त्री शाहले सुकमबासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने दाबी समेत गरेका छन् ।

उनले वास्तविक सुकुमवासीलाई चाँडो जग्गा वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै लेखेका छन् – ‘देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं,’ बालेनले भनेका छन्, ‘वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।’

‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ?’ उनले प्रश्न गरेका छन्, ‘उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैं गरिरहने ?’

सरकारले बागमती किनारका सुकुमबासीहरुलाई आज दिनभरमा बस्ती खाली गर्न यसअघि नै माइकिङ गरेर सूचना जारी गरिसकेको छ । शनिबार बिहानैदेखि ती बस्तीहरुमा डोजर परिचालन गर्ने सरकारको तयारी छ । त्यस विरुद्ध सुकुमबासीहरुले आज दिनभर प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : ०५ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन