१० भदौ २०८३, बुधबार | August 26, 2026

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी



खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको खजुरा खानेपानी उपभोक्ता समितिको निर्वाचनमा दलीय गठबन्धनलाई पराजित गर्दै अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार तोगराज गिरी प्यानल सहित विजयी भएका छन् ।

सोही खानेपानी आयोजनामा लामो समय प्राविधिक कर्मचारीकारुपमा काम गरेका गिरी भारी मतका साथ अध्यक्ष पदमा विजयी भएका हुन् । उनले ३८५ मत पाउँदा उनका प्रतिद्वन्द्वी श्रवणधीर केसीले १२२ मत प्राप्त गरेका छन् । उपभोक्ता समितिको उपाध्यक्षमा गिरी प्यानलका हरिप्रसाद विक ३२१ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी इन्द्रबहादुर खत्रीले १८५ मत पाएका छन् ।

त्यसैगरि सचिव पदमा गिरी प्यानलकै तिर्थराज सुबेदीले ३४९ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी किरण कुमार केसीले १६१ मत पाएका छन् । कोषाध्यक्ष पदमा पनि गिरी प्यानलबाट छम बहादुर बोहराले ३३८ मतका साथ चुनाव जितेका छन् । उनका प्रतिस्पर्धी धनराज कार्कीले १६५ मत पाएका छन् ।

सदस्यहरुमा राधीका न्यौपाने (३५१), दीपक सुबेदी(३४९), रामप्रसाद शर्मा आचार्य (३४३), सुजाता घर्तीमगर(३३७), विनय गुप्ता (३४३), नरबहादुर गुरुङ (३३६) र सविता रेग्मी क्षेत्री (३३५) विजयी भएका छन् ।

गिरी प्यानलका विरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले गठबन्धन गरेर प्यानल उठाएको थियो । खानेपानी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले भने सहभागिता जनाएको थिएन । दलीय प्यानललाई जिताउन निर्वाचनमा आज बिहानैदेखि दलका जिल्ला नेताहरुले उपभोक्ताहरु माझ सक्रिय चलखेल गरिरहेका थिए ।

१०१४ उपभोक्ता रहेको खजुरा खानेपानीमा ८५८ जना उपभोक्ताले मात्र नियमीत महशुल बुझाएर मताधिकार सुरक्षित गरेका थिए । कुल खसेको ५३६ मतमा ७ वटा मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ११ : ३६ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन