५ श्रावण २०८३, मंगलबार | July 22, 2026

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम



बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ र १३ का टोल बिकास संस्थालाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जनताको स्वास्थ्यप्रति बुटवल उपमहानगरपालिका पालिका सधै चिन्तित रहेको बताइन । खाद्य स्वच्छताको लागि उपभोक्ता स्वयम नैं जागरुक र सचेत हुनुपर्ने बताउँदै अर्यालले खाद्य वस्तुको मूल्य र मितिमा ध्यान पुग्नेपर्नेमा जोड दिइन । बजारमा धेरै अखाद्य वस्तुहरु रहेको भन्दै आफूहरुले नियमित अनुगमन गरी त्यसमा धेरै सुधार ल्याएको उनको भनाइ छ ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीका अध्यक्ष अध्यक्ष समुन्द्र जिसीले उपभोक्तामा स्वच्छतामा जागरुकता ल्याउने आफूहरु निरन्तर लागिरहेको बताए । यस्ता सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आफूहरुले निरन्तर गर्दै आएको बताए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष अध्यक्ष समुन्द्र जिसी, बुटवल उपमहानगरपालिकाका अधिकृत सातौ ठगिश्वर पौडेल, कानून अधिकृत ध्रव भटटराई, अधिकृत विष्णु पुरीले खाद्य स्वच्छता, उपभोक्ताको अधिकार, गुणस्तर लगायतका विषयमा प्रशिक्षण सहजीकरण गरेका थिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य ऋषि आजादले उपभोक्ता आफ्नो स्वाथ्यप्रति सचेत रहनुपर्ने बताएका थिए । मञ्चका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता, उपभोक्ता हित संरक्षण मञ्च बुटवल १२ र १३ का अध्यक्ष बेदप्रसाद गैरेको स्वागत तथा सहसचिव बसन्ता गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : १२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं